काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताएका छन्।
मोरङको रंगेलीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकेका रूख बोकेर हिँड्नेसँग कुनै तागत नभएको बताए। कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको उनको आरोप छ। उनले हरियो रङ नभई रातो रङ राख्दा प्रष्ट देखिने भएकाले रातो बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
कांग्रेससँग कुनै भिजन नभएको भन्दै ओलीले चुनाव जाँदा आफ्ना पालामा भएका विकास निर्माणका काम देखाएर भोट माग्ने बताए।
यसका साथै गठबन्धनले गरेका ५ वटा काम देखाउनसमेत उनले चुनौती दिए।