पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

कास्की - पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो।

३ दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिएका छन्।

प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख रुपैयाँ, द्वितीय हुनेले ४ लाख रुपैयाँ, तृतीय हुनेले २ लाख रुपैयाँ तथा सान्त्वना हुने समूहले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिएका छन्। 

१ समूहमा महिला र पुरुष १-१ जना गरि २ जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ। लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले बताएका छन्।

‘प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ’, उनले भने। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×