ईपीएस उत्तीर्ण कोरिया जान सुरु

काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन्। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन्। तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ।

शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया  जानेको  सूचीमा  नाम  आइसकेको  छ। आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा  नाम  आइसक्ने  शाखाले  जानकारी दिएको छ। यस पटक कृषितर्फबाट दक्षिण कोरिया जानका लागि १० हजार २९१ जनाले आवेदन दिएका थिए। शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने जानकारी दिए। कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर  दुई  हजार  ९१२  जना  उत्तीर्ण  भएका  भएकोमा उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ।
गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×