भारत। बलिउडको चर्चित लागूऔषध मामिलामा नयाँ खुलासा भएको छ। उक्त मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको कुनै पनि किसिमको संलग्नता नरहेको खुलासा भएको छ। भारतको नारकोटिक्स कट्रोल ब्यूरो (एनसीबी)ले गरेको अनुसन्धानबाट यो कुरा खुलेको हो।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त मुद्दामा आर्यनको कुनै पनि किसिमको संलग्नता नभएको खुलासा भएको हो। जसपछि एनसीबीका निर्देशक तथा आर्यनविरुद्धको अनुसन्धानका अनुसन्धाकर्ता समीर वानखेडेविरुद्ध थुप्रै प्रश्नहरु उठिरहेका छन्।
गत वर्ष अक्टोबरमा भारतको मुम्बईस्थत ग्रीन गेटमा एक जहाजमा छापा मारेर शाहरुखका छोरा आर्यनलाई लागुऔषध मामिलामा पक्राउ गरिएको थियो। उनीसँगै यो मामिलामा १७ जना पक्राउ परेका थिए।