झापामा बुस्टर डोज यसै साताभित्र दिइने

झापा । झापामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । 

स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य कार्यालय झापाको तथ्यांक अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका ८ हजार ८ सय ४० र भेरोशिल्ड लगाएका करिब १५ हजारलाई बुस्टर डोज दिने तयारी छ। उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए। जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन्। 

हाल जिल्लाका १५ वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ। जिल्लामा बुस्टर डोज दिन थप ६० हजार डोज खोप स्वास्थ्य मन्त्रालयसँग माग गरिएको लुइँटेलले बताए। खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×