चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित

काठमाडौँ - चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्। काठमाडौं बुधबार  सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन्।

निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो। उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए।

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्कीले ७४ मतमा सीमित भए। सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन्।

कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुँदा सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल विजयी भए। यस्तै समावेशी सदस्यमा महमद जलिम र महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा विजयी भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×