आल्भेस ब्राजिलको पाका कप्तान बन्दै

काठमाडौँ - ड्यानी अल्भेस शुक्रबार क्यामरुनविरुद्धको विश्वकपमा ब्राजिलका सबैभन्दा पाका कप्तान बन्ने भएका छन्। ३९ वर्षीय फुल ब्याक जो अहिले मेक्सिकोमा युएनएम पुमासबाट खेलिरहेका छन् उनलाई प्रशिक्षक टिटेले परिवर्तन गर्ने तयारी गर्दा आर्मब्यान्ड लगाउनेछन्।

यसअघि नै समुह चरणमा २ खेल जित्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ। अल्भेसले भने “मेरो लागि यो तथ्यलाई अधलै पनि सावित गर्दछ कि म ब्राजिलको जर्सी लगाउन सक्छु भनेर।  यसले मलाई यहाँ आउन पाउँदा धेरै गर्व लाग्छ।“

बार्सिलोनाका पूर्व डिफेन्डर आफ्नो तेस्रो विश्वकप खेल्नका लागि घुँडाको चोटबाट मुक्त भएका छन्। सन् २००६ मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका आल्भेसले आफु लामो समयदेखि ब्राजिलको टोलीसँग रहेको र विश्वकप खेल्दा आफुलाई  धेरै खुसी लागेको बताएका छन्।

राष्ट्रिय टोलीमा बिताएको १६ वर्ष पुगेको र आफु उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×