एसिया कपः भारतले पाकिस्तानलाई पाँच विकेटले हरायो

काठमाडौँ - एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ। हार्दिक पाण्ड्याले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि भारतले पाकिस्तानलाई हराउन सफल भएको हो।

पाकिस्तानले प्रस्तुत गरेको १४८ रनको लक्ष्य भारतले खेल सकिन २ बल बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो। भारतका लागि विराट कोहली र रविन्दर जडेजाले सामान ३५ रनको योगदान दिएका थिए।

२० औं ओभरको पहिलो बलमा जितका लागि ७ रन आवश्यक छँदा संयमित पारी खेलेका रविन्दर जडेजा बोल्ड भएपछि भारत दबाबमा आएको थियो। तर पाण्ड्याले २० औं ओभरको चौथौ बलमा छक्का प्रहार गर्दै उत्कृष्ट अन्त्य गरेका थिए। उनले अविजित रहँदै ३३ रनको योगदान गरे।

करण लोकेश राहुल पहिलो बलमै आउट भएपछि भारतीय पारी दबाबमा आयो। तर कप्तान रोहित शर्माले विराट कोहलीसँग दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेको पारी उकासे। शर्माले १२ रन बनाए। सूर्यकुमार यादवले १८ रनको योगदान दिएका थिए। पाकिस्तानका लागि मोहम्मद नवाजले सर्वाधिक ३ तथा नसीम शाहले २ विकेट लिएका थिए।

त्यसअघि, यूएईमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाकिस्तानले १९ ओभर ५ बलमा १४७ रनमा समेटिएको थियो। उत्कृष्ट लयमा रहेका कप्तान बाबर आजम मात्र १० रनमा आउट भएपछि अर्का ओपनर मोहम्मद रिजवानले उत्कृष्ट पारी खेल्दै ४३ रनको योगदान दिएका थिए। इफ्तिखार अहमदले २८ रन बनाएर पाकिस्तानको योगफल अगाडि बढाएका थिए।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए। हार्दिक पाण्ड्याले ३ अर्शदीप सिंहले २ तथा अवेश खानले १ विकेट लिए। पाण्ड्या खेलको म्यान अफ द म्याच घोषित भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×