नुनेजलाई रातो कार्ड, लिभरपुल बराबरीमा रोकियो

काठमाडौँ - डार्विन नुनेजले रातो कार्डको सामना गरेको खेलमा लिभरपुल सोमबार राति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफ ७५ प्रतिशत बल पोसेसन राखे पनि विलफ्रेड जाहाले ३२औं मिनेटमा गरेको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लिएको थियो। पहिलो हाफमा १ शून्यले पछि परेको लिभरपुलका फरवार्ड नुनेजले ५७औं मिनेटमा रातो कार्डको सामना गरेपछि घरेलु टोली थप दबाबमा परेको थियो।

प्रिमियर लिगमा घरेलु मैदानमा डेब्यु गरेका नुनेजले क्रिष्टल प्यालेसका रक्षक जोचिम एन्डरसनलाई टाउकोले हानेपछि रेफ्रीले सिधै रातो कार्डको दर्शन गराएका थिए। तर, डियाजले ६१औं मिनेटमा जेम्स मिल्नरको पासमा गोल गरेपछि लिभरपुलले घरेलु मैदानमा अंक जोड्न सफल भयो।

यससँगै लिभरपुल जारी सिजनको पहिलो २ खेलमा जितबिहीन भएको छ। लिभरपुलले यसअघि फुलहमसँग पनि २-२ को बराबरी खेलेको थियो। क्रिष्टल प्यालेस पहिलो खेलमा आर्सनलसँग २-० ले पराजित भएको थियो।  
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×