राष्ट्रिय परीक्षा बोर्डले देशभरि विकसित विशेष परिस्थितिका कारण कक्षा १२ को मौका (पूरक) परीक्षा २०८२ भदौ २८ र २९ गतेका लागि स्थगित गरेको जानकारी दिएको छ। बोर्डको विज्ञप्तिअनुसार, परीक्षा स्थगित गर्ने निर्णय अर्को सूचना प्रकाशित नभएसम्म लागू रहनेछ। साथै, स्थगित परीक्षाको नयाँ परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई सार्वजनिक गरिनेछ। विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई यस निर्णयबाट तयारी र व्यवस्थापनमा पर्याप्त समय मिल्ने अपेक्षा गरिएको छ।