सुसाइट नोट’ लेखेर दक्षिण कोरियाली नायिकाले गरिन आत्महत्या

काठमाडौँ - दक्षिण कोरियाकी नायिका यु जो युनले आत्महत्या गरेकी छिन्। २७ वर्षिय यी नायिकाले आत्महत्या गरेको उनको परिवारका सदस्यले पुष्टि गरेका छन्।

केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा आएकी यी नायिकाले सुसाइट नोट लेख्दै हजुरआमा, ठुल्दाई र अन्य अभिभावकसंग माफी मागेकी छिन्।

उनले लेखेकी छिन् ‘यसरी मर्नुपर्दा म आफैंलाई दुःख लागेको छ। बुबा, हजुरआमा र ठूल्दाईलाई मेरो मृत्युले बढी दुःखी बनाउछ।’ उनले लेखेकी छिन् ‘मेरो अभावमा परिवारका सदस्यको जीवनमा खालीपन महसुस् हुनसक्छ। तर, नरुनु कत्ति उदास नहुनु।

उनले यो पनि लेखेकी छिन् ‘मेरो अन्तिम संस्कारमा धेरै भन्दा धेरै मान्छे उपस्थित होउन्, ताकि म अन्तिम पटक उनीहरुलाई भेटेर विदा हुँदैछु।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×