भारत। बलिउड अभिनेता ऋतिक रोशन र करिना कपूरलाई करिब १९ वर्ष पहिला चलचित्र 'मैं प्रेम की दीवानी हुँ'मा एकसाथ देखिएको थियो। २००३पछि अब एकपटक फेरी ऋतिक रोशन र करीना कपूर खानलाई एउटा ठुलो बजेटको चलचित्रबाट प्रस्ताव गरिएको छ। प्रशंसकहरु पनि जोडीलाई अन्स्क्रिन देख्न उत्साहित छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवै कलाकारलाई यो चलचित्रको लागि प्रस्ताव गरिएको छ। ऋतिक र करीनालाई एक प्रसिद्ध चलचित्र निर्माताद्वारा एकसाथ् एक चलचित्रका लागि सम्पर्क गरिएको छ। र, चलचित्रलाई जंगली पिक्चर्स द्वारा निर्माण गरिनेछ। चलचित्रको शिर्षक 'उलज' रहेको छ।
चलचित्र अहिले प्रोसेसमा रहेको छ। निर्माण पक्षले चाडैं नै करिना र ऋतिकलाई भेट्नेछ। यदि दुवैले चलचित्रको प्रस्ताव स्वीकारेको खण्डमा यो जोडीलाई एकसाथ पर्दामा देख्न पाइनेछ। चलचित्रबारे सम्पूर्ण आधिकारिक जानकारी दुवैलाई भेटेपछी सार्वजनिक गरिनेछ।