जीतपुरसिमरामा २१ करोडको लागतमा अस्पताल निर्माण शुरु

बारा - जीतपुरसिमरा उपमहानगरपालिकाले करिब २१ करोडको लागतमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको काम शुरु गरेको छ। 

उपमहानगरले सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नति  गर्दै ११ कठ्ठा जग्गामा १५ शैय्याको अस्पतालको निमार्ण शुरु गरेको हो। संघीय सरकारको ससर्त अनुदान अन्र्तगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँ लागतमा २ वर्षभित्र सम्पन्न गर्नेगरी अस्पतालको काम शुरु भएको हो। 

विगत ५ वर्षको अवधीमा तत्कालिन जनप्रतिनिधिले उपमहानगर भित्र एउटै अस्पताल निमार्ण गर्न सकेका थिएन। उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयहरु वीरगञ्ज, हेटौडा,भरतपुर र काठमाडौंसम्म पुग्ने गर्दथे। जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेर उपमहानगरवासीको हितमा काम गर्ने बताएका छन्। 

उनले अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ सहितको स्वास्थ्य जनशक्ति करारमा परिपूर्तिको गर्नेगरी प्रक्रिया शुरु  भइसकेको बताए। १५ शैय्याको अस्पताल निमार्णका लागि उपमहानगर र एच.टि.सि.निमार्ण सेवा  काठमाडौँलाई बिच ठेक्का सम्झौता  समेत भइसकेको सिभिल इन्जिनियर  अभय झाले जनाएका छन्। 

डिपिआर अनुसार  अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ.पि.डि.,इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह , दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताएका छन्। 

अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×