आज दिनभर झरी पर्ने सम्भावना

काठमाडौँ- काठमाण्डौ उपत्यकासहित देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ। गएरातिदेखि नै मेघ गर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो।

अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुने छ।

पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन्। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×