काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ।
आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो। सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ।
नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ। अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बावेको सामना गर्न लागेकाे हाे।