काठमाडौँ - जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मास्क वितरण अभियान सुरु गरेको छ।
बजार, बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो। कोभिड–१९सङ्क्रमणलाई नियन्त्रण गर्न मास्क वितरण अभियान थालेको प्रनाउ श्रेष्ठले बताए। उनका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी युनिटमार्फत मास्क वितरण गरिनेछ।
पछिल्लो समयमा मानिसले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन्।