काठमाडौँ। 'सन्तानको माया' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको कम्पोज, यशोदा पराजुलीको आवाज तथा अमोश तामांगको संयोजन रहेको छ।
गीतको भिडियोमा गौरी मल्ल, दिप्सन भट्टराई, प्रतिक्षा खतिवडा र लोकजंग काजि बस्नेतको अभिनय रहेको छ। समन अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियो 'म्युजिक नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: