टि-२० वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

काठमाडौँ - टि-२० वरियतामा नेपालले २ स्थान सुधार गरेको छ।आईसीसीले गरेको वरियताको नयाँ अपडेटमा नेपाल २ स्थानमा सुधार गर्दै १३औं स्थानमा आइपुगेको छ।

टि-२० विश्वकपको ग्लोबल छनोटका ५ मध्ये ४ खेलमा जित निकालेपछि नेपालले दुई स्थान सुधार गरेको हो। अघिल्लो वरियतामा नेपाल २ स्थान तल झर्दै १५ स्थानमा पुगेको थियो। 

एसोसिएटतर्फ नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दाअघि विश्वकपको ग्लोबल छनोटको उपाधि जितेको युएई १२औं स्थानमा छ।

टि-२० वरियतामा भारत शीर्ष स्थानमै यथावत छ। इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं, अस्ट्रेलिया छैठौं, वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं र श्रीलंका १०औं स्थानमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×