अपाङ्गता भएका दाजुभाईलाई १ लाख १० हजार सहयोग

काठमाडौँ - अपाङ्गता भएका यहाँको एकै परिवारका दुई भाईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। 

स्याङ्जाको वालिङ–९ पीपलटारीस्थित लीला राउत क्षेत्रीका दई छोरालाई काठमाडौँस्थित मानव सहायता समूहले रु. एकलाख १० हजार प्रदान गरेको हो। उक्त समूहमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताले टिकटक प्रयोग गरेबापत सङ्कलन भएको रकम अपाङ्गता भएको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले बताए। आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता रहेको आमा लीलाले बताइन्। “आफ्नो सन्तानको माया लाग्छ, उनीहरुको स्याहार गरेर बस्नुपर्छ, एकैछिनपछि छोडेर हिड्न मिल्दैन”, उनले भनिन्, “जन्मैदेखि अपाङ्ग छन्, बोल्न सक्दैनन्, खुवाइदिने र दिसापिसाब पनि हामीले नै गराइदिनुपर्छ।”

लिलाका जेठो छोरा २२ वर्षका छन् भने र कान्छो छोरा १३ वर्षका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×