फिल्म वितरणमा सक्रियता बढाउँदै मानन्धर

काठमाडौँ - रणवीर सिंह अभिनीत फिल्म ‘जयशभाई जोरदार’ नेपालमा शनिवारबाट प्रदर्शनमा आएको छ। शुक्रबार स्थानीय तहको निर्वाचनका कारण हल बन्द हुने भएकाले शनिवारबाट हल खुलेसँगै फिल्म प्रदर्शनमा आएको हो।

यशराज ब्यानरमा बनेको फिल्म ‘जयशभाइ जोरदार’ मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका रहेकाे छ। फिल्मको लेखन तथा निर्देशन  दिब्यांग ठक्करले गरेका हुन्। 

फिल्मलाई नेपालमा निर्मातासँगै वितरक रहेका सुनिल मानन्धरले भित्र्याएका हुन्। केही समय फिल्म वितरणमा सक्रिय नदेखिएका मानन्धरले यसअघि साउथ इन्डियन फिल्म ‘ईटी’ नेपाल ल्याएका थिए। मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख (३३ लाख ६० हजार नेपाली रुपैयाँ) मा उक्त फिल्म खरिद गरेको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×