क्रोएशिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश बेल्जियम बाहिरियो

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलमा गत संस्करणको उप विजेता बनेको क्रोएशिया अन्तिम १६ मा प्रवेश गरेको छ। हिजो भएको खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै क्रोएशिया उप विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो।

समूह एफमा रहेको क्रोएशिया दोस्रो स्थानमा रहँदा मोरक्को भने शीर्ष स्थानका साथ अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। क्रोएशिया र बेल्जियमबीचको खेल निकै नै प्रतिस्पर्धात्मक रहे पनि दुवै टिम गोल गर्न असफल रहेका थिए।

क्रोएशियाले पहिलो हाफमा पेनाल्टी पाएको थिय । तर भारले त्यसलाई रद्द गरिदियो। ८९ औं मिनेटमा क्रोएशियाका किपर डोमेनिकले उत्कृष्ट बचाउ गर्दै सम्भावित खतरा टारेका थिए।

बल पोसेसनमा भने बेल्जियमनै अघि रहेको थियो। उसले ५२ प्रतिशत बल नियन्त्रणमा राखेको थियो।

क्रोएशिया ५ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्दा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्यो। बेल्जियमभने समूह चरणबाटै आउट भयो।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×