मदन पुरस्कार प्राप्त 'पल्पसा क्याफे' मण्डलामा मञ्चन हुने

काठमाडौँ - चर्चित उपन्यासकार नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'मा आधारित नाटक मञ्चन हुने भएको छ। यस उपन्यासले मदन पुरस्कार समेत प्राप्त गरेको छ। थिएटर भिलेज समूहको यस नाटक आगामी बैशाख ९ गतेबाट थापागाउँमा रहेको मण्डला थियटरमा बैशाख महिना भरी मञ्चन हुने भएको छ।

विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सह निर्देशनमा रहेको उक्त नाटकमा सुरज सुवेदीको नाट्य रुपान्तरण रहेको छ। यसमा कलाकार दिपेश राई सिद्धार्थको भूमिकामा रहने छन् भने सृष्टि श्रेष्ठ पल्पसाको भूमिकामा रहने छ। यसमा दिपेश राई र सृष्टि श्रेष्ठका अलावा संगीता थापा, पूर्णीमा आचार्य, बच्चु हिमांशु, सरगम राई, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारहरुको अभिनय देख्न सकिने छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×