गजुरेल प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा नियुक्त

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले किरण गजुरेललाई भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा नियुक्त गरेका छन्। गजुरेललाई प्रधानमन्त्रीले भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गजुरेल राजनीतिक भाषण, मन्तव्य र वक्तव्य लेखन तथा प्रशिक्षणमा विशेष दख्खल राख्नुका साथै विभिन्न अनुषन्धानात्मक कार्यमा सक्रिय छन्। गजुरेलका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन्। गजुरेल यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×