निजी क्षेत्रको संरक्षण राज्यको प्राथमिकता हुनुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि भइरहेका आक्रमणहरू कुनै पनि प्रकारले स्वीकार्य नहुने स्पष्ट रुपमा बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा आइतबार सम्बोधन गर्दै उनले निजी क्षेत्रले निर्मित केलेक संरचना, सम्पत्ति र लगानी अन्ततः देश र जनताकै साझा सम्पत्ति हुने भएकाले राज्यले त्यसको सुरक्षा र संरक्षणमा उच्च प्राथमिकता दिनुपर्ने औंल्याए।

उनका अनुसार कार्यविधि वा प्रक्रिया सम्बन्धी कमजोरी देखिए सुधार सम्भव भए पनि सही व्यक्तिमाथि गलत कदम चाल्दा समग्र अर्थतन्त्रमै निरुत्साह पैदा हुन्छ। अपराध पुष्टि भए कानुनी कारबाही गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्चाल, सडक आन्दोलन वा सञ्चार माध्यममार्फत व्यक्तिमाथि जथाभाबी आरोप लगाउन नहुने बताए।

अर्को प्रसंगमा उनले निर्वाचन समयमै हुनु अपरिहार्य रहेको दोहोर्‍याए। ‘निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चिततामा धकेल्नु हो, जसले अनेक क्षेत्रका गतिविधिमा नकारात्मक प्रभाव पर्न सक्छ,’ अर्थमन्त्री खनालले भने। उनले दलहरूबीच सहमति, सकारात्म वातावरण र नागरिकको सहयोगमा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×