मुलुक २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा

काठमाडौँ - मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ। आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ।

मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ। यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ। 
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×