काठमाडौं - अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ। बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हो।
विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो। उनले बम राखिएको सूचना दिएका थिए। सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो।