नेपाल र बंगलादेश 'ए'बीच एकदिवसीय सिरिजको प्रस्ताव

काठमाडौँ - नेपाल र बंगलादेश 'ए' बीच एकदिवसीय क्रिकेट सिरिज खेलाउने प्रस्ताव गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेश क्रिकेट बोर्डलाई एकदिवसीय सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो।

क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकदिवसीय सिरिज खेल्ने प्रस्ताव गरिएको छ। तर सिरिज खेल्ने पक्का भने भइसकेको छैन। यसअघि असोज ८ देखि गर्ने भनिएको नेपाल टी-२० लिग तयारी नपुगेपछि स्थगित गरिएको थियो।

जसका कारण क्यानले बंगलादेश 'ए' टिमसँग सिरिज खेलाउने प्रस्ताव गरिएको हो। क्यानले कात्तिक दोस्रो सातादेखि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आयोजना गर्दैछ।  त्यसअघि नै बंगलादेशसँग सिरिज गर्नका लागि क्यानले तयारी गरिरहेको छ।

यसअघि नेपालले केही महिनाअघि जिम्बावे 'ए' सँग पनि सिरिज खेलेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×