हरिप्रसाद वैद्यको एकल कला प्रदर्शनी सम्पन्न

काठमाडौँ- नेपाल आर्ट काउन्सिलमा वरिष्ठ कलाकार हरिप्रसाद वैद्यको एकल कला प्रदर्शनी सम्पन्न भएको छ।  काठमाडौं उपत्यकाको संस्कृति, नेपाली भुदृश्य र मानवीय मनोभाव झल्काउने उनका ५२ वटा चित्र प्रदर्शन गरिएको हो।

वैशाख १० देखि १२ गतेसम्म प्रदर्शनी गरेर नेवाः ग्वहालि पुचःले ८५ वर्षे कलाकार वैद्यको सम्मान गरेको हो।  

वैद्यले वि.संं २०१२ मा काठमाडौं, भिमसेन टोलका बरिष्ठ संगीतज्ञ कृष्णलाल तण्डुकारसँग संगीत सिकेपछि पियानो वादन र प्रशीक्षण गर्दै आएका छन्।उनी चित्रकला सृजना र सम्पदा संरक्षणमा पनि उत्तिकै क्रियाशील छन्। उनी पानी रंग, चार्कोल, पेस्टल र तेल रंग प्रयोग गरेर चित्र बनाउँछन्। 

वैद्य नेपाली वास्तुकलाका ज्ञाता र प्रवर्द्धक हुन्। उनले पुराना मठमन्दिर, फल्चा र कलात्मक घरको जिर्णोदार, पुननिर्माण र निर्माणमा योगदान गरेका छन्। बरिष्ठ कलाकार वैद्यले जीवनका विभिन्न कालखण्डमा प्राप्त गरेका सम्मानपत्र र पुरस्कारहरू पनि प्रदर्शनीमा राखिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×