आयाक्सविरुद्ध लिभरपुलको रोमाञ्चक जित

काठमाडौँ - इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत गएरातिकाे खेलमा जित निकालेको छ। उसले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सविरुद्व २-१ काे राेमाञ्चक जित निकालेको हाे।

समूह `ए´ अन्तर्गतको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र जोएल मटिपले १/१ गाेल गर्दा आयाक्सका मोहम्मद कुदुसले १ गोल फर्काएका थिए ।

खेलको १७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएकाे थियाे। २७ औं मिनेटमा कुदुसले आयाक्सलाई १-१ काे बराबरीमा ल्याएका थिए।

८९ औं मिनेटमा माटिपले गाेल गर्दै लिभरपुललाई २-१ काे राेमाञ्चक जित दिलाए। जितसँगै २ खेलमा ३ अंक जाेडेकाे लिभरपुल दोस्रो स्थानमा रहँदा पराजित आयाक्स समान खेलबाट समान अंकका साथ तेस्रोसमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×