पाल्पाको तानसेनमा गठबन्धनको जीत

पाल्पा - पाल्पाको तानसेन नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उमेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन्। उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भएकी छन्।

मंगलबार साँझ प्रकाशित नतिजामा नगरप्रमुखमा कांग्रेसका सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याएका थिए। 

उपप्रमुखमा माओवादी केन्द्रकी सिंजाली ११ हजार १ सय ५१ मतसहित विजयी भएकी हुन्।  निकटतम् प्रतिस्पर्धी एमालेकी शशी श्रेष्ठ १० हजार ३ सय ७२ मत ल्याएकी थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×