काठमाडौँ। बिगत ४० दिन बढी चालेको नेपाल बार एशोसिएशनको आन्दोलनको औचित्य समाप्त भैसकेको छ। सर्वोच्च अदालत नियमित लयमा फर्किएको छ।तथापी बार चलाउने ठूला अधिवक्ताहरुको कारणले गर्दा अन्य थुप्रै कानून व्यवसायीहरु ठूलो मार्कामा परिरहेका छन्। बारको आन्दोलनमा अग्रभागमा रहेका ठूला वकिलहरुलाई पैसाको त्यति समस्या छैन्। उनीहरुको फर्मको आर्थिक प्रोफाईल राम्रै छ। उनीहरुको बचतले लामो अझै लामो समयकही नगरी चल्न सकिन्छ। तर, स्वतन्त्र कानून व्यवसायीहरु भने बारको आन्दोलनका कारण ठूलो मर्कामा परेका छन्। आर्थिरुपले समेत उनीहरु थप दिन चल्न मुस्किल छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असंवैधानिक र गलत बाटो प्रयोग गरेर हटाउने अग्रभागमा रहेका ठूला वकिलहरु लगायतको योजना थियो। तर, त्यो योजना सम्पूर्ण रुपमा असफल भैसकेको छ। अब आफ्नो स्वार्थलाई पुरा गर्न उनीहरु गोला प्रथा लागु भैसक्दापनि यसको सही तवरले कार्यान्वयन नहोस भनेर भाँजो हाल्नमा व्यस्त छन्। गोला प्रथा लागु भएको भोलिपल्ट बारका पदाधिकारी हड्ताली न्यायाधीशहरुको इजलास–इजलासमा पुगेर इजलास गठन नगर्न भनेको कुरा पनि मिडियामा आईसकेको छ। बारको आन्दोलनको उद्देश्य र नियत नै गलत थियो भन्ने कुरा पुष्टि भैसकेको छ। तर, बारको आन्दोलनका पर्दा पछाडिका खेलाडीहरु भने बारको नेतृत्व गरिसकेका व्यक्तिहरु शम्भु थापा, रमनकुमार श्रेष्ठलगायत भने अझैपनि न्यायालय अस्तव्यस्त बनाउन व्यस्त रहेको भनेर चर्चा चलिरहेको छ। उनीहरू राजनीतिक दलहरुलाई उक्साएर न्यायलयमा चलखेल गर्न चाहन्छन्। जतिसम्म गिरेर भएपनि आफ्नो अनुकुलको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन चाहन्छन्। उनीहरुले दलका नेताहरुलाई भेटेर प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन उक्साईरहेको कुरामा पनि बाहिर आएको छ।
सबै देख्दै आएका र आन्दोलनले पिल्सिएका स्वतन्त्र कानून व्यवसायीहरुले अहिले बारको पदाधिकारीको राजीनामा माग्न थालेका छन्। उनीहरुले शुक्रबार नैबारका पदाधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाउने भनेका थिए। तर, प्रहरी प्रशासनको आडमा उनीहरुलाई बारको कार्यालयमा छिर्न सम्म दिईएको थिएन। उनीहरुले एक हप्ताभित्र अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा दिनुपर्ने पनि माग राखेका छन्। ठूलो अधिवक्ताहरु जो अहिले बारको आन्दोलनको अग्रभागमा देखिएका छन् उनीहरुसँग स्वतन्त्र व्यवसायीहरु रुष्ट बनेका छन्। ठूला वकिलहरुले वर्षौसम्म अब बहस नगरेपनि उनीहरुको जीवनशैलीमा कुनै असर नपर्ने तर आफूहरु भने दैनिक बहस/पैरवी गरेर अघि बढ्नेहरुलाई भने निकै कठिन भएको स्वतन्त्र कानून व्यवसायीहरुको गुनासो छ।
कतिसम्म भने ठूला वकिलहरु शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, पूर्णमान शाक्य, चण्डेश्वर श्रेष्ठ र ओमप्रकाश अर्यालहरु अहिले प्रधानन्यायाधीश जबराको विरुद्धमा उग्र रुपमा लागेका छन्। उनीहरु आर्थिक रुपमा सवल छन्। तर उनीहरुको कारण अन्य साना र स्वतन्त्र कानुन व्यवसायीहरु र तिनका परिवार लामी समय देखी मर्कामा परेका छन्।