रास्वपा सिध्याउने षड्यन्त्र भइरहेको छ: सभापति लामिछाने

इलाम । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौंदेखि सत्तामा बसिरहेकाले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षडयन्त्र भइरहेको बताएका हुन् ।

उनले रास्वपालाई सिध्याउने षडयन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्काउने तागत कसैसँग नरहने दावी गरे । लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताएका छन् । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनु पर्ने अवस्था आउन नदिन मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने उनले बताएका छन् ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए । उनले पैसा बाँड्नेहरुको फोटो खिचेर पठाउन समेत सुरक्षाकर्मीलाई निर्देशन दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×