चेल्सीले रोनाल्डोलाई अनुबन्ध नगर्ने

काठमाडौँ - प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने भएको छ। भर्खरै मात्र चेल्सीले म्यान्चेस्टर सिटीबाट रहिम स्ट्रलिङलाई अनुबन्ध गरेको थियो।

त्यसपछि रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले इच्छा नदेखाएको बीबीसीले जनाएको छ। यसअघि चेल्सीले म्यानचेस्टर युनाइटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो। 

पछिल्लो समय युनाइटेड छाड्ने योजना बनाएका रोनाल्डो गत सिजन युभेन्ट्सबाट युनाइटेड आएका थिए। रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष रहेको छ। तर, रोनाल्डो त्यसअघि नै क्लब छोड्ने मुडमा रहेका छन्।

युनाइटेडको प्रि-सिजन टुरमा पनि रोनाल्डो सहभागि छैनन्। यता युनाइटेड भने रोनाल्डोलाई अझै एक सिजन क्लबमा राख्ने योजनामा बसेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×