कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक साढे ११ बजे संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाइएको छ।

बैठक पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ। 

कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×