बालेन र गृहमन्त्री श्रेष्ठबीच लन्चसहितको भेटघाट

काठमाडौँ - उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच लञ्चसहितको भेटघाट भएको छ । शनिवार बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।

बालेनपत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लन्चमिटिङबारे जानकारी गराएकी हुन् । सार्वजनिक तस्बिरमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरीलाई काखमा लिएकी छिन् ।

मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै केही महिनाअघि सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । उनले सिंहदरबार जलाइदिने धम्की दिएपछि सर्वत्र उनको आलोचना भएको थियो । 

सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो स्टाटस सामाजिक सञ्जालबाट हटाएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×