सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर २ लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो।

यससँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको व्यवसायीहरूको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×