मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे विवाह

काठमाडौँ - पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेर प्रशंसकलाई चकित बनाएका छन्।

बुधबार बेलुका मारियाना भरेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरेका छन्। सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरु त्यसपछि नजिकिएका थिए। त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए।

यो जोडीले समुन्द्र तटमा रोमान्टिक भएर हिंड्नेदेखि क्याजुअल गफगाफ, स्याम्पेन टोस्टहरुजस्ता रमाइला इन्स्टाग्राम रिल पोस्ट गरेका थिए। सुनौलो र चाँदीको बेलुन उडाउँदै उनीहरुले ‘म्यारी मी’ भन्दै चिच्याएर प्रस्ताव राखेका थिए।

उक्त पोस्टले यी २ सुन्दरीले पुएर्तो रिको सहरको अदालत बाहिर उभिएको देखाउँछ, जहाँ उनीहरुले गत अक्टोबर २८ मा विवाह गरेका थिए। ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं,’ पोस्टमा उल्लेख छ।

फ्यान, सेलिब्रिटीहरु र पेजेन्टका अन्य प्रतिस्पर्धीले यो आकर्षक तस्वीर र घोषणाको लागि उनीहरुलाई बधाई दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×