तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।