भारत। बलिउड अभिनेता सलमान खानसँग 'मैने प्यार किया'बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री भाग्यश्रीकी छोरी अवंतिका दसानी पनि डेब्यू गर्न तयार छिन्। अवंतिकाले जी५को वेब सीरीज 'मिथ्या'बाट अभिनयको दुनियामा कदम राख्दैछिन्। यो सीरीजमा अवंतिका हुमा कुरैशीसँग देखिनेछिन्, जो मुख्य भूमिकामा रहेकी छिन्। सीरीजको पहिलो झलक पोस्टर सार्वजनिक गरिएको छ,जसमा हुमा र अवंतिकालाई देखाईएको छ।
यो सीरीजको निर्माण अप्लज इन्टरटेनमेन्टले गरेको हो, रोहन सिप्पी यसका निर्देशक रहेका छन्। सीरीजमा ६ एपिसोड रहेको छ। हुमा र अवंतिकासँग परमब्रत चटर्जी, रजित कपूर र समीर सोनी मुख्य भूमिकामा देखिनेछन्। सीरीजको कथा दार्जिलिंग वरीपरिको रहेको छ।