महोत्तरी - महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार बिहान गौशाला नगरपालिका-१ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका - ४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो।
मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्याउन जाँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएको सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारि दिएको छ।
दुर्घटनामा परी सहनीका छोरा दिलीप घाइते भएको र उनको बर्दिवासमा उपचार भइरहेको छ।
ट्रक चालक जिल्ला सर्लाही हरिवन न.पा. ६ बस्ने वर्ष ३८को श्रवण कुमार महतो, ट्रक र मोटरसाइकल प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन्।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।