काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिका–६ खुलालटारस्थित सडकमा साँखुबाट थलीतर्फ जाँदै गरेको बा.३ ख ९३५१ नम्बरको बसको ठक्करबाट हाल वतननखुलेका अन्दाजी ४० वर्षीय लाक्पा तामाङकोबिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूकुमपश्चिईमको चौरजहारी नगरपालिका–१२ साना खोलास्थित सडकमा क.प्र.०३००१ त०००१ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार चौरजहारी नगरपालिक–१२ बस्ने २५ वर्षीय गोपाल खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जनामध्ये ४ जनालाई नेपालगंजतर्फ र १ जनालाई प्रदेश अस्पतालतर्फ उपचारको लागि पठाइएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चु बजारस्थित सडकको बाटो चौडा बनाउने क्रममा बा.३ ख ५०३ नम्बरको जेसिबीले च्यापिएर बर्दिया बारबर्दिया नगरपालिका–१० बस्ने १७ वर्षीयसंजय थारूको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिबीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।