१८ सिटमा सत्ता गठबन्धन, एमाले १ सिटमा खुम्चियो

काठमाडौं । राष्ट्रियसभाको हिजो बुधबार भएको उपनिर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एक सिट जितेको छ ।

सातवटै प्रदेशमा भएको उपनिर्वाचनमा प्रदेश नं १ को एक सिटबाहेक पूरै सिट सत्ता गठबन्धनमा रहेका पाँच दलको पक्षमा गएको छ । सत्तागठबन्धमा रहेका दलहरू क्रमशः नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उम्मेदवारी दिएका थिए भने प्रमुख प्रतिपक्ष दल एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

राष्ट्रिय सभामा रिक्त सात महिला, तीन दलित, दुई अपांगता भएका र अल्पसंख्यक र सात अन्य गरी १९ सिटको लागि उपनिर्वाचन भएको थियो । कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गरेका थिए । आयोगका अनुसार प्रदेश १ मा एमालेबाट सोनामगेल्जेन शेर्पा (अल्पसंख्यक), नेपाली कांग्रेसबाट झापाका गोपालकुमार बस्नेत र एकीकृत समाजवादीबाट भोजपुरका जयन्ती राई (महिला) निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका थिए। शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार राईले ४ हजार ६ सय ६८ मत पाएका समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×