सुनले रेकर्ड तोड्यो

२८ मंसिर, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन २ महिनाअघिको रेकर्डभन्दा बढी हो।

अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड बनेको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हाल प्रतिऔंस ४ हजार ३ सय अमेरिकी डलर आसपास छ। अमेरिकी डलरको मूल्यवृद्धिका कारण नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारभन्दा छिटो नयाँ रेकर्ड बनेको जनाइएको छ।

उता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×