माओवादी र जसपाका नेता समानुपातिक सूची बोकेर पुगे आयोग

काठमाडौँ - नेकपा माओवादी, जनता समाजवादी लोसपा लगायत पार्टीका नेताहरु समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेता गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतका नेता बन्द सुची बुझाउन आयोग पुगेका हुन्। त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका छन्। 

लोसपाको सातै प्रदेशमा उम्मेदवारी 
कांग्रेस पुगेलगत्तै लोसपा पनि बन्द सूची बुझाउन आयोग पुगेको छ। लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट बुझाए पनि अन्य प्रदेशमा केही कम सूची बुझाउने आयोग पुगेका लोसपा नेता केशव झाले जानकारी दिए। उनले चुनावी गठबन्धनबारे सुची बुझाए पनि छलफल गर्ने र शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×