काठमाडौँ। कलाकारहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास गएका छन्। खबरका अनुसार ‘प्रचण्ड’लाई भेट्न गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल र गायिका कल्पना दाहाल प्रचण्ड निवास खुमलटार गएका हुन्।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालका अनुसार कलाकारहरुले बिभिन्न समयमा प्रचण्डसँग भेटघाट गरेका हुन्। दाहालले यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उक्त भेटघाटमा के-कस्ता कुरामा छलफल भए भन्ने कुराको आधिकारिक जानकारी भने आईसकेको छैन।