काठमाडौँ - बलिउड निर्देशक सन्दीप रेड्डी यतिबेला आफ्नो नयाँ फिल्मको तयारीमा छन्। 'कबिर सिंह' जस्तो सुपरहिट फिल्म निर्देशन गरेका रेड्डी अहिले 'एनिमल' नामक फिल्म बनाउने तयारीमा जुटेका हुन्।
अनिल कपुर र बबी देवलको मुख्य भूमिका रहने बताइएको 'एनिमल'मा नायकका रुपमा रणवीर कपुर रहनेछन्। अन्य कलाकारहरु तय भइसकेको यो फिल्ममा नायिकाको भने खोजी भइरहेको थियो। फलस्वरूप सुपरहिट फिल्म 'पुष्पा'कि अभिनेत्री रश्मिका मन्दानालाई नायिकाका रुपमा छनोट गरिएको निर्माण पक्षले जानकारी दिएका छन्। दक्षिण भारतमा लोकप्रिय अभिनेत्री रश्मिका पुष्पाको अपार सफलता पछि बलिउडको नजरमा समेत पर्न थालेकी छिन्।
अल्ल अर्जुनसँग निकै रुचाइएकी रश्मिकालाई दर्शकहरुले रणवीरसँग कतिको रुचाउने हुन् त्यो भने एनिमल हेरेपछिको विषय रह्यो।