माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बालुवाटारमा बस्दैछ ।

बैठक आज (बुधबार) दिउँसो ३ बजे बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार बैठकमा आगामी आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षे समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियानलगायतका विषयमा छलफलपछि निर्णय हुनेछ ।

हिजो (मंगलबार) बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भए पनि आज आधिकारिक निर्णय हुने सापकोटाले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×