‘लेट्स प्ले होली’ कार्यक्रममा नेपालबाट मनिषासहित तीन जनामात्र


काठमाडौँ- अष्ट्रेलियामा आगामी होलीको अवसरमा आयोजना हुन लागेको ‘लेट्स प्ले होली’ कार्यक्रमलाई जोडेर प्रख्यात अभिनेत्री मनिषा कोइरालाको व्यक्तिगत तथा पेशागत जीवनमा आँच आउने काम नगर्न आयोजक सिड्नीस्थित लाहुरी टिभीले चेतावनी दिएको छ।

उक्त कार्यक्रममा मनिषाको नाम जोडेर गलत समाचार फैलाउने, अनाधिकृत मानिसहरुलाई लान लागिएको जस्ता भ्रामक  र तथ्यहीन समाचार लेख्ने र सामाजिक सञ्जालमा कपोकल्पित कुरा लेखी उनको व्यक्तिगत र पेशागत जीवनमा आँच आउने काम नगर्न सचेत गराउँदै आयोजकले च‍ेतावनी दिएका हुन्।

आयोजक संस्थाको विज्ञप्तिमार्फत यसो गरे अष्ट्रेलियामा मानहानीको कठोर कानुनी उपचारमा जान कार्यक्रम आयोजक संस्था लाहुरी टिभी बाध्य हुने भन्दै चेतावनी दिइएको हो।

आयोजक लाहुरी टिभीले उक्त कार्यक्रममा भाग लिन नेपालबाट मनिषा, उद्घोषक दिनेश डिसी र निर्देशक सम्झना उप्रेती रौनियारलाई मात्र निम्तो गरिएको प्रष्ट पारेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×