नवयुगको आक्रोश: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर?

काठमाडौँ - नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आलोचना गरेका छन्। विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने गरेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा चलखेल हुँदा आफू स्वदेशी प्रशिक्षक भएको समयमा टिममा नपर्ने बताएका छन्। ‘रोगको लक्षण : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर,’ उनले लेखेका छन्, ‘रोगको लक्षण : चलखेल।’

पछिल्लो समय नेपाली टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम तयार पारेका छन्। उक्त टिममा ४ जना गोलरक्षक समेटिए पनि नवयुग टिममा परेका छैनन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×