१० मिनेटको दृश्य थपेर शुक्रबार नेपालमा पुनः रिलिज हुँदै ‘स्पाइडरम्यान’

काठमाडौँ - जतिबेला नेपाली बक्स अफिस सुक्खा थियो, त्यतिबेला हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले उद्योगलाई राहत दियो। नेपालमा यसको लाइफटाइम कलेक्सन ७ करोड ३० लाख रुपैयाँ रह्यो।

कोरोना महामारीपछि यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। यही फिल्मलगत्तै डक्टर स्ट्रेन्ज २ र टपगन माभेरिकले पनि नेपालमा राम्रो कमाइ गरेका थिए।

यतिबेला ‘स्पाइडरम्यान : नो वे होम’ फिल्मलाई लिएर पुनः नयाँ खबर छ। आगामी शुक्रबार यो फिल्म नेपाल र भारतसहित विश्वभर रि-रिलिज हुने भएको छ। एप्पल इन्टरटेनमेन्टले नेपालमा शुक्रबार फिल्म लाग्ने जानकारी दिएको छ।

झण्डै १० मिनेट लामो अतिरिक्त फुटेजसहित फिल्मलाई पुनः रिलिज गर्न लागिएको हो। यति हुँदाहुँदै पनि टम हल्यान्ड स्टारर फिल्मले विश्वभर नै लोभलाग्दो कमाइ गरेको छ।

नेपालमा पुनः रिलिज भएमा यसले ८ करोड ग्रसको आँकडा पार गर्ने अनुमान एप्पलले गरेको छ। बक्स अफिस मोजोका अनुसार फिल्मले हालसम्म विश्व बक्स अफिसमा एक अर्ब ९१ करोड १२ लाख अमेरिकी डलर कमाइ गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×